Site icon ParisNepal.com – Nepali News From France

“आठौँ राष्ट्रिय खेलकुद” मा सहभागी हुने गैरआवासीय नेपाली टोली घोषणा [नामावली सहित]

गैरआवासीय नेपाली संघको टोलीले आगामी आठौँ राष्ट्रिय खेलकुदमा सहभागीता जनाउँदै छ । सात प्रदेशतीन विभागीय संगै गैरआवासीय नेपाली खेलाडीको टोली राष्ट्रिय खेलकुदमा सहभागी हुने भएका हुन् ।  गैरआवासीय नेपाली संघले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरि सहभागी हुने गैरआवासीय नेपाली टोलीको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको हो ।  संसारभर छरिएका नेपाली खेलाडीहरु राष्ट्रिय स्तरको खेलकुदको महाकुम्भ ‘आठौं राष्ट्रिय खेलकुद’ मा सहभागी हुन पाउँदा ज्यादै उत्साही छन् । इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद परिषदले प्रवासी नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा आमन्त्रण गरेको हो । विदेशमा रहेका नेपालीहरुको साझा संगठनका रुपमा रहेको गैरआवासीय नेपाली संघसंग राष्ट्रिय खेलकुद परिषदले खेलकुद क्षेत्रको विकासमा साझेदारी गर्ने उद्देश्य राखी सम्झौता समेत गरिसकेको छ । सो सम्झौता बमोजिम गैरआवासीय नेपाली खेलाडीहरुको हिस्सेदारी गैरआवासीय नेपाली संघले सुनिश्चित गर्ने र आगामी दिनहरुमा गैरआवासीय नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा सहभागी हुने बाटो खोल्ने सहमति भएको हो  आगमी आठौँ राष्ट्रिय खेलकुदमा अमेरिकाअष्ट्रेलियामलेसियायु.ए.इ.मकाउ,जापान र हंगकंग गरि ७ मुलुकबाट कराँतेतेक्वान्दोजुडोब्याडमिन्टनलन टेनिसटेबल टेनिसगल्फम्याराथन र बक्सिंग गरि नौ खेलमा कुल २४ जना खेलाडी सहभागी हुँदैछन् ।

विदेशमा रहेका खेलाडीप्रशिक्षक र रेफ्रीहरुले त्यहाँ पेशा व्यवसाय संगै आधुनिक समयमा विकास गरिएका खेलका विधिप्रविधि र व्यवस्थालाई समेत नजिकबाट नियाल्ने र अनुभव गर्ने अवसर पाएका हुन्छन् ।  त्यस्ता खेलकुद सम्बन्धि नविन प्रविधि र विधि नेपालमा भित्र्याउन गैरआवासीय नेपाली खेलाडीको सहभगिताले सफलता मिल्नेछ र साथै राष्ट्रिय खेल प्रतियोगिताहरुमा गैरआवासीय नेपाली खेलाडीहरुको सहभागितासंगै विविध कारण विदेश बसोबास गर्नु भएका राष्ट्रिय गौरवका खेलाडीहरुको खेल क्षेत्रमा पुनरागमन हुने हाम्रो विश्वास छ  । गैरआवासीय नेपाली संघ नेपालमा पछि परेका र प्रविधि मैत्री हुन नसकेका खेल क्षेत्रहरुको पहिचान गरि तिनीहरुको विकासमा साझेदार बन्न चाहन्छ र गैरआवासीय नेपाली संघले आफ्नो स्थापना काल देखि नै संस्थागत संरचना भित्र युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै आएको छ र आगामी दिनमा संसारभर रहेका गैरआवासीय नेपाली खेलाडीप्रशिक्षक र रेफ्रीहरु समेटी एक स्रोत साधनले सम्पन्न गैरआवासीय नेपाली खेलकुद प्रतिष्ठान विकास गर्ने सम्बन्धमा छलफल भैरहेको  छ ।

नेपालमा खेलकुद क्षेत्रको विकासका लागि विदेशमा रहेका सम्पूर्ण खेलाडीप्रशिक्षकरेफ्री र खेलप्रेमी योगदान गर्न चाहन्छनतर त्यसका लागि उपयुक्त वातावरणको खोजीमा छन् र त्यस्तो वातावरण यस आठौँ राष्ट्रिय खेलकुदमा सहभगितासंगै बन्दै जानेमा हाम्रो विश्वास छ । अतः हामी सम्पूर्ण गैरआवासीय नेपालीहरु नेपालमा खेल क्षेत्रमा सक्रिय राष्ट्रिय खेलकुद परिषदविभिन्न खेल विधासंग सम्बन्धित संघमहासंघ एवं क्लबहरुगैरसरकारी संस्था तथा निजि संस्थाहरुसंग गैरआवासीय नेपाली संघको खेलकुद क्षेत्रको विकास सम्बन्धि गतिविधिमा सकारात्मक सहयोग र सहकार्यको अपेक्षाको लागि अनुरोध गर्दछौं ।

Exit mobile version