Site icon ParisNepal.com – Nepali News From France

फ्रान्सका नेपाली संघसंस्थाहरुले बुद्ध जयन्ती र नयाँ बर्षका कार्यक्रमहरु संयुक्त रुपमा गर्ने

Nepalese Associations In France
बैठकमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी संस्थाहरुको लोगो/ब्यानर

यहि शनिवार १६ मार्चका दिन फ्रान्समा क्रियाशील नेपाली संघसंस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको संयुक्त बैठक बसेको थियो। बैठकले आउदै गरेका दुइ नेपाली चाडपर्वहरुका कार्यक्रमहरु संयुक्त रुपमा गर्ने निर्णय गरेको छ।  निर्णय अनुसार आगामी १९ मे मा बुद्ध जयन्ती कार्यक्रम आइफल टावर अगाडी Trocadéro मा संयुक्तरुपले मनाइने भएको हो।

दोस्रो कार्यक्रम नयाँ बर्ष २०७६ पनि संयुक्त रुपमा मनाइने भएको छ। नेपाली कला संस्कृतिको संरक्षण तथा फ्रान्सवासी नेपालीहरुलाइ नेपाली चाडपर्वहरुमा मनोरन्जन दिदैं सामाजिक एकता र सद्भभावलाइ निरन्तरता दिन संयुक्त रुपले कार्यक्रम गरिने बताइएको छ।

Exit mobile version