Site icon ParisNepal.com – Nepali News From France

बेल्जियम : श्रमिक महिला दिवसमा बृद्ध आमाहरुको सम्मान

डिल्ली अम्माई, ८ मार्च बेल्जियमको ओस्टण्डे सहरमा गैह्र आवाशीय नेपाली महिला फोरमले १०९ औ अन्तराष्ट्रिय श्रमीक महिला दिबस सम्पन्न गरेको छ। ८ मार्चको उक्त कार्यक्रममा आयोजकले ६० बर्षभन्दा बढी उमेरका आमाहरुलाई बिशेष सम्मान गरिएको थियो। बेञ्जु उप्रेतीले संचालन गरेको औपचारिक कार्यक्रमको अध्यक्षता महिला फोरम बेल्जियमकि संयोजक हरि भट्टराईले गरेकी थिइन्। मेडम नानु थापा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न महिला दिवसमा जानकी गुरुङ, लिला शर्मा मानन्धर, सिता सापकोटा, कल्पना मगर, निर्मला बजगाईं, झुना निरौला, आंग माया लामा, अनुजा प्रधान, सावित्री गिरी, सोनु भट्टराई लगायत महिला नेतृहरुको बिशेष उपस्थिति रहेको थियो भने गैह्र आबासिय संघका केन्द्रिय सदस्य पदम गुरुङ, रमेश राज पौडेल लगायत पुरुष प्रतिनिधिको रुपमा उपस्थिति जनाएका थिए। महिला अधिकार, उत्पीडन र महिलाका समस्याहरुबारे बिशेष चर्चा गरि मनाइएको ऊक्त पर्वमा नाचगानको समेत आयोजना गरिएको थियो।

 

Exit mobile version