Site icon ParisNepal.com – Nepali News From France

फ्रान्समा भरतमोहन अधिकारी र रबिन्द्र अधिकारीको संयुक्त श्रद्धान्जली सभा सम्पन्न

प्रवासी नेपाली एकता मञ्च फ्रान्सले १० मार्चका दिन पेरिसमा एक श्रद्धान्जली सभा सम्पन्न गरेको छ। हेलिकप्टर दुर्घटनामा परि मृत्यु हुनु हुने सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी लगायत उक्त दुर्घटनामा परी ज्यान गुमाएका सबै ब्यक्तिहरु र पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरत मोहन अधिकारीको संयुक्त रुपमा श्रद्धा सुमन अर्पण गरी श्रद्धान्जली सभा सम्पन्न गरिएको हो। यो कार्यक्रम मञ्चका संयोजक भक्त वाग्लेको संयोजकत्वमा भएको थियो भने कार्यक्रमको उद्घोषण तथा सञ्चालन हरि सापकोटाले गर्नु भएको थियो। यस कार्यक्रममा एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल, नेपाली राजदुतावास फ्रान्सको तर्फबाट कार्यबहाक राजदुत लगायत पेरिस स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा व्यक्तित्वहरुले उपस्थिति जनाइ शोक मन्तव्य राखेका थिए।
कार्यक्रममा अतिथिको रुपमा उपस्थित एनआरएनए लगायत विभिन्न संघ संगठनका बक्ताहरुले पुरानो पुस्ताका स्थापित नेताहरु मध्येका अगुवा नेता भरतमोहन अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनमा समन्वयकारी नेताको छवि बनाउन सफल नेपालको कम्युनिष्ट आन्दोलनले जिउदो इतिहास गुमाउन परेको बताए । यस्तै १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका मन्त्री रबिन्द्र अधिकारी र अगुवा नेता भरतमोहन अधिकारीको निधनले संगठन र संघर्ष दुबैवाट खारिएको अत्यन्त जुझारु नेतृत्व गुमाएको बताएका थिए। उनले मुलुकको हवाई र पर्यटन क्षेत्रको बिकासमा उहाँको योगदान स्मरण गर्दै मन्त्री अधिकारीको निधनले मुलुकले एउटा राम्रो सम्भावना भएको नेतृत्व गुमाएको बताए । बक्ताहरुले शोक मन्तब्य मार्फत दिबंगत आत्माको चिर सान्तिको कामना गरेका थिए ।
Exit mobile version