Site icon ParisNepal.com – Nepali News From France

बेल्जियममा भरतमोहन र रवीन्द्रको संयुक्त शोक सभा

डिल्ली राम अम्माई,बेल्जियम १० मार्च,२०१९ । उपचारका क्रममा ३ मार्च शनिबार राति निधन हुनुभएका पुर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी र फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारीको स्मृतिमा आज नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रति आस्थावान बेल्जियमस्थित नेपाली जन प्रगतिशील मंच र प्रवाशी नेपाली मंचले संयुक्तरुपमा श्रद्धान्जली कार्यक्रमको आयोजना गरे।

कार्यक्रममा अतिथिको रुपमा उपस्थित एनआरएनए लगायत विभिन्न संघ संगठनका बक्ताहरुले दुबै नेता लगायत प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधनले सिंगो मुलुकलाई अपुरणिय क्षति पुगेको बताए । उनीहरुले पुरानो पुस्ताका स्थापित नेताहरु मध्येका अगुवा नेता भरतमोहन अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनमा समन्वयकारी नेताको छवि बनाउन सफल नेपालको कम्युनिष्ट आन्दोलनले जिउदो इतिहास गुमाउन परेको र देश र जनताले युबा अर्थमन्त्री गुमाउनु परेको बताए । यस्तै प्रमुख अतिथि बेनेलक्सका लागी नेपाली राजदुत लोक बहादुर थापाले १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका मन्त्री रबिन्द्र अधिकारी र अगुवा नेता भरतमोहन अधिकारीको निधनले संगठन र संघर्ष दुबैवाट खारिएको अत्यन्त जुझारु नेतृत्व गुमाएको बताएका थिए। उनले मुलुकको हवाई र पर्यटन क्षेत्रको बिकासमा उहाँको योगदान स्मरण गर्दै मन्त्री अधिकारीको निधनले मुलुकले एउटा राम्रो सम्भावना भएको नेतृत्व गुमाएको बताए ।

श्रद्धान्जली कार्यक्रममा गैह्र आबासिय नेपाली संघबाट केन्द्रिय सचिब जानकी गुरुङ,युरोप संयोजक शिब बरुवाल, बेल्जियमका अध्यक्ष लोक दाहाल,महिला संयोजक हरि भट्टराई, पुर्व अध्यक्ष गंगाधर गौतम, जन प्रगतिशील मंचका चित्र सुबेदी,प्रकाश पौडेल,कृष्ण पौडेल , प्रवाशी नेपाली मंचका नारायण अधिकारी ,जन प्रगतिशील मोर्चाका बिष्णु भुजेल,मेख गुरुङ, जन सम्पर्क समितिकि अध्यक्ष सिता सापकोटा त्यस्तै अन्य संघ संगठनबाट गम बहादुर गुरुङ लगायतका बक्ताहरुले शोक मन्तब्य मार्फत दिबंगत आत्माको चिर सान्तिको कामना गरेका थिए । प्रवासी मंचका महासचिव चन्द्र शर्माले संचालन गरेको श्रद्धान्जली शभाको अध्यक्षता सोहि मंचका अध्यक्ष बोधराज पौडेलले गरेका थिए । सो अवसरमा बिशेष कारणले नेपालमा रहेका जन प्रगतिशील मंच बेल्जियमका अध्यक्ष जित लामाको शोक श्रद्धान्जलीका सब्दहरु कार्यक्रम संचालकद्वारा बाचन गरिएको थियो।

शोक सभामा उपस्थित सबै अत्यन्त भाबिक देखिन्थे र सबै अनुहारमा अकल्पनीय मृत्यु प्रति भयभावको आभाष छर्लंग देख्न सकिन्थ्यो। त्यो क्षणलाई गम्दा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका तिनै कटु शब्दहरु पुन दोहोर्याउन मन लाग्छ ‘तिथि अनिश्चित छ,मिति अनिश्चित छ, तर मृत्युको कार्यक्रम सत प्रतिशत सुनिश्चित छ । म के जान्दछु भने म मर्छु केही दिन ,केही महिना या केही बर्ष हुनसक्छ, सहज ढंगले या आकस्मिक हुनसक्छ तर डर नमान जिन्दगी भन्दा कम डरलाग्दो हुन्छ मृत्यु । प्रिय मित्र रविन्द्र अधिकारी, तर तिम्रो मृत्यु भारी अनुभुती भएको छ । आत्मालाई शान्ति मिलोस् स्वर्गमा। सहयात्रामा संगै गएका सबैलाई हार्दिक श्रद्धाञ्जली ।’

Exit mobile version