Site icon ParisNepal.com – Nepali News From France

मिस नेपाल फान्सको १० दिने कूटनैतिक भ्रमण सकेर आज शनिवार नेपाल फर्किदै

प्रकाश सापकोटा पेरिस फ्रान्स, मिस नेपाल शृंखला खतिवडा फ्रान्सको १० दिने कूटनैतिक भ्रमणको समयमा पुर्व निर्धारीत कार्यक्रमको अलावा नेपाली संस्थाको कार्यक्रममा उपस्तिथ हुन नसक्ने बिषयमा नेपाली संस्थाको फेसबुकमा र त्यसैमा बिभिन्न संस्थाका व्यक्तिहरुद्वारा कमेन्ट गरिएको थियो र पछि नेपाली राजदुतावासमा पनि भेटघाट नभएको तथा शनिवार बिमानस्थल तर्फ लाग्नु अघि फ्रान्स स्थित नेपाली समुदाय सँग रेस्टुरेन्टमा अनौपचारीक भेटघाट गर्ने गरी बोलाइएको र कार्यक्रम जुधेको बिषयमा पेरिसनेपाल डट कममा समाचार आएको थियो। समाचार प्रकाशित भएपछि पेरिसनेपाललाइ जानकारी दिइए अनुसार उनि आफ्नो इच्छा अनुसार पुर्व निर्धारीत कार्यक्रमहरु बदलेर अन्य आधिकारीक कार्यक्रममा जान नसक्ने बताइएको छ। नेपाल फ्रान्स संवन्धका सद्भावना दूत खतिवडाको सम्पूर्ण कार्यतालिका सरकारको तर्फबाट नेपाल स्थित फ्रान्सेली दुतावासले तय गरेको हो।

नेपाल र फ्रान्स बिचको द्धिपक्षीय सम्बन्ध स्थापना भएको ७० औं बार्षिकोत्सवको अवसरमा बर्ष भरिनै बिभिन्न कार्यक्रमहरु तथा भमणहरुको आयोजना गरिने र अर्को पटक नेपाल सरकारको पररास्ट्र मन्त्रालय मार्फत आउदा थुप्रै कार्यक्रमहरु गर्न सकिने भएकोले अहिलेनै निराश हुनु पर्ने देखीदैन।

फ्रान्स आउने विशिष्ट व्यक्तिहरूको भेटघाट कार्यक्रमहरू को ले कसरि गर्न हुने नहुने आदि कुराहरु समेटेर भविस्यमा यस्ता विवाद आउन नदिन सम्पूर्ण संघसंस्था मिलेर आचार संहिता बनाउनु पर्ने पनि देखिन्छ। कुनै व्यक्तिले विशिष्ट व्यक्ति घुमाउने र भेटघाट गराउने जिम्मा पाएको भए उसले पनि संघसंस्थाहरुको समुह भित्र प्रस्ताव राख्दा ठिक हुन्छ कि? र त्यस्ता भ्रमणमा सबै संस्थाहरुले उनीहरुकै समुह भित्र मात्र सल्लाह गरि कार्यक्रम तय गर्दै फ्रान्सको सानो नेपाली समुदायको अखण्डता कायम राख्दै मेलमिलाप बाट सामाजिक कामहरु गर्दै जाँदा राम्रो हुने थियो कि ? फ्रान्सका सामाजिक अभियान्ताहरुले समस्या समाधानको लागी सोच्नुपर्ने बेला आएको छ।

Exit mobile version