Site icon ParisNepal.com – Nepali News From France

पाकोफेन फ्रान्सले महिला दिवशको अवसरमा शनिवार पेरिसमा अन्य संस्थासंग मिलेर कार्यक्रम गर्दै

८ मार्च अन्तर्राष्ट्रिय महिला दिवस बिश्वभरिनै बिभिन्न कार्यक्रमहरु गरि मनाइदैं छ। सो अवसरमा शनिवार ९ मार्चका दिन नेपाली संस्था पाकोफेन फ्रान्स लगायत पेरिस १५ स्थित अन्य संघसंस्थाहरुले सँयुक्त रुपमा १५ पेरिसको नगरपालिका संग समन्वय गर्दै एक कार्यक्रम गर्ने भएका छन।

कार्यक्रममा पेरिस १५ का  मेयर लगायत नगरपालिकाका विशिस्ट व्यक्तिहरुको उपस्तिथी हुनेछ। यस बर्ष टेक्नोलोजी र आविस्कारमा महिलाको स्थान “La place des femmes dans l’innovation et la technologie” शिर्षकमा बिभिन्न रचनाहरु प्रस्तुत गरिनेछ। कार्यक्रम शनिवार दिउसो २:३० देखि ७ बजे सम्म हुने संस्थाकी अध्यक्ष सुमित्रा प्रधानले जानकारी दिनुभयो। कार्यक्रममा नेपालको छाउपडी प्रथा जस्तो भेदभाव पुर्ण व्यवहारका विरुद्घ बोलिने र नेपाली नारि सम्बन्धी गित तथा नेपाली नृत्य प्रदर्शन गरिने कार्यतालिकामा रहेको छ।

Exit mobile version