Site icon ParisNepal.com – Nepali News From France

नेपाली राजदुतावास फ्रान्सले गर्यो प्रजातन्त्र दिवसको कार्यक्रम, राजदुत केहि दिनमा फर्किदै

 

 यही १९ फेब्रुअरी २०१८ का दिन राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली राजदुतावास फ्रान्सले एक कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा फ्रान्सका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सक्रिय सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो। राष्ट्रिय धुन संगै सुरु गरिएको कार्यक्रममा सहिदहरुको सम्झनामा एक मिनटको मौन धारण गरिएको थियो।

  कार्यक्रममा बोल्दै महामहिम राजदुत अम्बिका देवी लुइन्टेलज्युले प्रजातन्त्र प्राप्तीको लागि नेपाली जनताले धेरैनै संघर्ष गर्नु परेको र अहिले नेपाली जनताको चाहना बमोजिम नयाँ संविधानले जनतालाई आफ्नो हक अधिकार दिएको बताउनु भयो। साथै नेपाल सरकारले अङ्गीकार गरेको समृद्ध नेपाल, सुखी नेपाली को चाहाना लाई सार्थक तुल्याउन सबैले आ-आफ्नो छेत्र बाट आत्मसाथ गर्दै अगाडि बड्नु पर्ने बताउनु भयो।  

  महमहिम राजदुतज्युले फ्रान्समा  ४ बर्षका अनुभवहरु बताउनु हुँदै आफ्नो कार्यकाल समप्ती भएकोले अबको १०-१२ दिन भित्र आफु नेपाल फर्किने बताउनु भयो।

 कार्यक्रममा एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल, एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष हरीहर अर्याल, भु पु उपाध्यक्ष हरी सापकोटा, प्रमुख संरक्षक मुकुन्द आमात्य र फ्रान्स नेपाल मैत्रीसंघका बिनोद खकुरेलले रास्ट्रिय प्रजातन्त्र दिवस र महमहिम राजदुतज्युको कार्यकालको प्रसङमा आफ्ना बिचारहरु राख्नु भएको थियो। 

Exit mobile version