Site icon ParisNepal.com – Nepali News From France

प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच ‘वान टु वान’ वार्ता, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ ।

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपविरुद्ध प्रचण्डले ‘कडा’ विज्ञप्ति जारी गरेपछि नेकपा मात्र होइन सरकारको समेत अमेरिकासँगको सम्बन्धमा असर पुगेको चर्चा भइरहेका बेला प्रचण्ड र राजदूत बेरीबीच भेटवार्ता भएको हो । उनीहरुबीच शनिबार ‘वान टु वान’ भेटवार्ता भएको नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पुुष्टि गरे ।

भेटमा प्रचण्डले आफूले कुन आशयमा विज्ञप्ती जारी गरेको भन्ने विषयमा जानकारी गराएका थिए । ‘नेपालस्थित् अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ’, उनले भने, ‘राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’ मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

रिपोर्टस क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसहेको खुलासा गरेका छन् ।

नेकपाका नेता तथा सांसद् योगेश भट्टराईले ‘भेनेजुएला प्रकरण’लाई देखाएर दुई अध्यक्षलाई जुधाउन खोजिएको बताएका छन् ।

भेनेजुएला प्रकरण चर्किदै जादा अध्यक्ष दाहालले माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न चेतावनी दिदै सरकारका कामको पहिलोपटक सार्वजनिक स्थानमा आलोचना समेत गरेका थिए। तत् पश्चात विवादले चर्को रुपलिएको थियो प्रधानमन्त्रीले समेत दाहालको जिब्रो चिप्लिएको भनेका थिए भने उपप्रधानमन्त्रि इश्वर पोख्रेलले “तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन – ल्याइनै हुँदैन” भनि फेसबुक मार्फत अभिव्यक्ति दिएका थिए। विवादले ठुलै रुपलिन थालेपछि शिर्ष नेताहरु फेरी फाटेको सम्बन्धलाइ टालटुल पर्दै मिलाउन लागिपरेका छन।

Exit mobile version