Site icon ParisNepal.com – Nepali News From France

मृगौला रोग पिडित सुजन बर्माको सहयोगका लागि अपिल, फ्रान्सबाटपनि सहयोग जुट्दै

काठमाडौ,माघ १२। सिन्धुपाल्चोक जिल्ला, इन्द्रावती गाउँपालिका वडा नं ६ स्थायी  घर भई हाल भक्तपुर जिल्ला चाँगुनारयण नगरपालिका-२ बस्ने  दिल बहादुर सार्कीबर्मा को छोरा बर्ष १८ वर्षीय म  सुप्रिम कलेज सानो थिमी मा कक्षा १२ मा अध्यनरत  म सुजन बर्मा बिगत ३ बर्ष देखि युरिन इन्फेक्शन भई अप्रेशन गर्दा गर्दै दुवै मृगौला फेल भइ शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराई रहेको छु।

सो अस्पतालका  मृगौला विभागका  डाक्टरको सिफारीस बमोजिम म हाल नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेलमा उपचार गराई रहेको छु।

मेरो  घरमा दिदि र बुबा समेत सुगर, प्रेसर र थाईराईड सम्बन्धि रोगको औषधि सेवन गर्दै रहेको र

मेरो आर्थिक अवस्था निकै कमजोर रहेको अवस्थामा  मृगौला प्रत्यारोपण गर्ने र गरे पश्चयात पनि ठुलै रकमको औषधि सेवनगर्नुपर्ने भएकाले जीवन रर्क्षाथ र नयाँ जीवनको लागि सहयोग गर्न हार्दिक अपिल गरिन्छ।

सहयोग गर्न चाहनु हुने महानुभावहरुले नेपाल बैंक जोरपाटी शाखाको खाता नं ०९२०१६०६६१६९२३०००००१ मा सोझै जम्मा गरि दिनुहुन वा मोबाइल नं ९८०३०५७१८५ सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ।

फ्रान्सबाट प्रशान्त उप्रेतीले सहयोग रकम पठाउदै हुनुहुन्छ, उहाँको सम्पर्क 06 22 79 70 30

Exit mobile version