Site icon ParisNepal.com – Nepali News From France

इनास फ्रान्सको कलाकार छनौट प्रतियोगिताको तयारी तिब्र

अन्तरास्ट्रिय कलाकार समाज (इनास) फ्रान्सले यहि फेब्रुअरी १७ मा हुन गहिरहेको नृत्य तथा गायन छनौट कार्यक्रमको तयारी तिब्र गतीमा अगाडी बडाइरहेको जानकारी दिएको छ।

नृत्य र गायनमा कलाकारहरुको छनोट जस्तो कार्यक्रम फ्रान्समा पहिलो पटक हुन लागिरहेको हो जसले गर्दा स्थानीय कलाकारहरुको मात्र नभएर पुरै फ्रान्सबासी नेपाली समुदाय आकर्सित भएको र कार्यक्रम 14 Rue Georges Politzer, 93120, La Courneuve भन्ने ठाउँ मा ठीक १२:३० बजेबाट सुरु हुने संस्थाले जानकारी गरेको छ। सहभागीताको लागि फेब्रुअरी १० अगाडि नाम दर्ता गर्नु पर्ने भएकाले कलाकारहरुको नामावली तयार गरि फाराम भर्ने कामहरु धमाधम अगाडी बडेको इनास फ्रान्सका उपाध्यक्ष जगत खड्काले हामीलाई दिनुभएको छ।

संस्थाको काम कारबाही अगाडी बढाउनको निमित्त इनास फ्रान्सको कार्यसमिति सदस्यबाट स्व-इच्छाले ८७६ युरो प्रारम्भिक अर्थ संकलन गर्न सफल भएको पनि इनास फ्रान्सका कोषाध्यक्ष डुल्छेन लामा तामांग (सुरेश)ले एक सुचना मार्फत जानकारी गराउनु भएको छ। कार्यक्रम सफल बनाउनका लागी र कलाकारहरुलाई चाहिने सामाग्री (नेपाली पोशाक, बद्यबाजन लगायतका सामग्री) खरिद गर्नको लागि प्रायोजक खोज्ने काम भइरहेको र सम्पूर्ण कलाप्रेमीहरुबाट आर्थिक सहयोग संस्थालाई प्राप्त हुँदै गरेको पनि जानकारी आएको छ।

फ्रान्समा नब-गठित इनास फ्रान्सले पहिलो पटक आयोजना गर्न लागेको कलाकार छनोट प्रतिक्रिया निस्पक्ष रहने अध्यक्ष प्रविन सापकोटाले बाताएेका छन र बेल्जियममा हुन लागिरहेको युरोप स्तरिय प्रतियोगितामा फ्रान्सको तर्फबाट सहभागिता पहिलो भएता पनि राम्रो नतिजा प्राप्त हुनेछ भन्ने कुरामा अध्यक्ष सापकोटाले पूर्ण विश्वास लिएका छन ।

INAS-Fr-AuditionForm_FINAL

Exit mobile version