Site icon ParisNepal.com – Nepali News From France

२४ औं दिनमा डा. गोविन्द केसीले तोडे अनशन

डा. गोविन्द केसीले अनशन तोडेका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन तोडेका हुन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पहलमा डा. केसीले २४ औं दिनमा अनसन तोडेको बताइएको छ ।

डा. केसीलाई आजै पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले भेटेका थिए ।

उनीहरुले डा. केसीलाई ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

Exit mobile version