चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनिया राजदुतले सडक हस्तान्तरण गरेकी हुन्।
चीनले ५ वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक विस्तार गरेको छ। सडक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी देशहरुलाई विश्वासमा लिएर सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थकता दिइने प्रतिबद्धता जनाए।
चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड हस्तान्तण गरेको हो। चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलोमिटर ४ सय मिटर सडक विस्तार गरेको थियो । करिब ५ अर्ब अनुदान सहायतामा चीनले त्याे सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हाे ।
काठमाडौंको २७ किलोमिटर लम्बाइ रहेको चक्रपथको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । सडक विस्तारको काम सकिएलगत्तै यो सडक खण्ड आधुनिक स्वरुपमा देखिएको छ ।