Site icon ParisNepal.com – Nepali News From France

विश्व मगर संघ बेल्जियमले भव्यरुपमा मनायो माघे संक्रान्ति

इन्दु चाम्लिङ (इन्दिरा ) , बेल्जियम । विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति चाँड कार्यक्रम भव्य र सभ्य रूपमा बेल्जियमको क्यासेल्लो सहरमा सम्पन्न भएको छ।

हिजो लुभेन नगरपालिकाको डोन बोस्को हलमा बेनेलक्सका राजदुत लोक बहादुर थापा प्रमुख अतिथि रहेको थिए । कार्यक्रममा माघे सकरातीको शुभकामना दिदै राजदूत थापाले विभिन्नता बिचको एकता करिव १२५ जातिहरू १०३ भाषिक रूपहरू बिचको एकता सदियौ देखि बचाएका बताए । नेपालका विविध जाति मध्य मगर जातिको आफ्नै पहिचान र संस्कृति छ । बिभिन्न जाति जनजाति, भाषा -संस्कृतिलाई विदेशमा पनि समृद्द बनाउने प्रयत्न गरेकोमा हौसल प्रदान गर्दै जहिले पनि दुताबासको सहयोग र सदभाब रहने बताउनु भयो । आदिबासी जनजातिहरूको विभिन्न चाँड पर्वमा उपस्थित हुन पाउँदा गौरव लाग्ने समेत राजदुत थापाले ऊल्लेख गरे ।

संघका अध्यक्ष लोक राना मगरले माघे संक्रान्ती कार्यक्रम विशेष महत्वकासाथ बेल्जियममा हरेक वर्ष मनाउने गरिएको बताए । बिश्व मगर संघ बेल्जियम आदिबासीहरूको भाषा संस्कृति, संस्कार र पहिचानको निम्ति सदा पक्षधर रहेको उल्लेख समेत अध्यक्ष रानाले गरे हरेक सहभागी पाहुनाहरूलाई खादा लगाई सम्मान पूर्बक स्वागत गरेर नया परम्परा प्रारम्भ गरिएको उक्त कार्यक्रममा अतिथिहरूलाई मगर संस्कृति झल्किनेगरी शिरमा सेतो फेटा बाँधी सम्मान गरिएको थियो ।

नेपालबाट आएका कलाकारद्वय गायक बिलन थापा र गायिका जुना श्रीस मगरले सालैजो र लाईभ दोहोरी प्रस्तुत गर्दे भरपुर मनोरन्जन प्रदान गरेका थिए भने पोर्चुगलबाट आएका कलाकारहरू सुबास पुन, ईमान बुढा, दुर्गा थापा र धिरज पुनको प्रस्तुति समेत कम रहेन । सहभागीहरू कार्यक्रमको अन्त सम्म पनि नृत्यका रमाइलो गरिरहेका थिए। कार्यक्रममा बुर्गे, आन्तरपेन, ब्रसेल्स, लुभेन र मेखेलेन सहरबाट मगर दाजुभाइ तथा दिदी बहिनीहरूको बाक्लो उपस्थिती देखियो भने गैर मगर समुदायबाट पनि धेरै संख्यामा उपस्थिति देखियो । कार्यक्रममा मगर दाजुभाइ दिदी बहिनीहरूले अतिथीहरूलाई आफ्नै संस्कार अनुसार सगुनले सत्कार गर्रेका थिए । मेरिना मगर, कृतिका मगर सुशिला रोका, सबृना राई, निङ्मा घर्ती मगर अनिस धिताल,, सारा धिताल ,अर्बिना राम्जाली अनिश मगर, दिपिका कार्की, शान्ति मगर, रेजिन गौचन लगायत स्थानीय कलाकार भाइ-बहिनीहरुको गायन र नृत्यले कार्यक्रमको रौनकता थपेको थियो ।

अतिथी कलाकारहरूले बिहान भालेको डाक सम्म दोहोरीमा नाच्न बाध्य पारेका थिए । कार्यक्रममा एनआरएन केन्द्रीय सचिब जानकी गुरूंग ,बेल्जियम अध्यक्ष लोक दाहाल,आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष बाबुराजा लामा लगायत चार दर्जन बढ़ी संघसस्था अध्यक्ष तथा प्रतिनिधी सहभागी थिए ।सांस्कृतिक कार्यक्रमको सन्चालन सुशिला मगर तथा औपचारिक कार्यक्रम संघका महासचिब बल बहादुर पुनले गरेका थिए ।

 

Exit mobile version