Site icon ParisNepal.com – Nepali News From France

फ्रेन्च लीगमा ग्यांगगम्प बिरुद्द पीएसजीको ९ गोल, एमबाप्पे र काभानीको ह्याट्रिक

स्टार खेलाडीहरुले भरिएको पिएसजीले दश दिनअघि ग्यांगगम्प संगको खेलमा २-१ को हार बेहोरेको थियो । बदला स्वरुप शनिवार फेन्च लिगको एकै खेलमा एडिनशन कभानी र किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा ग्यांगगम्प लाई ९-० को फारिकलो अन्तरले पराजित गरेको छ। फ्रेन्च लिगमा एकै खेलमा दुई खेलाडीले ह्याट्रिक गरेको ४० वर्षयता पहिलो हो।

पिएसजीका लागि नेमारले पनि दुई गोल गरे। यस्तै थोमास मुनिएरले एक गोल थपे। यस सिजन लिग वानमा अपराजित रहँदै १९ खेलबाट ५३ अंक जोडेको पिएसजी शीर्ष स्थानमा आसिन छ।

Exit mobile version