Site icon ParisNepal.com – Nepali News From France

संसदीय सुनुवाई समितिबाट फ्रान्सका लागी सिफारिस राजदूत सर्बसम्मतबाट अनुमोदन

माघ, काठमाडौं । संसदीय सुनुवाई समितिले फ्रान्सका लागी सिफारिस राजदूत सर्बसम्मतबाट अनुमोदन गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाममाथि सुनुवाइ गर्दै अनुमोदन गर्ने निर्णय गरेको हो ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । तर, पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । त्यसैले सीधै सुनुवाई गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई बिहीबारको  बैठकमा बोलाइएको थियो । सिफारिस गरिएका ५ मध्य अन्य ३ जनाको सुनवाइ माघ ८ गतेको बैठकमा गरिने छ।

Exit mobile version