Site icon ParisNepal.com – Nepali News From France

NRNA : प्रधानमन्त्रि संग भेटवार्ता, पत्रकार पुस्तकालय हस्तान्तरण र पूर्ण बैठकको तयारी

विज्ञ सम्मेलनको सारांश एवं सुझाव प्रधानामन्त्री समक्ष पेश

गैर आवासीय नेपाली संघले गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सारांश एवं सुझावहरु प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहिबार (२०७५\९\२६ मा ) सम्माननीय प्रधानमन्त्री केपी शर्मा ज्यूसँग शिष्टाचार भेट गरी संघका अध्यक्ष भवन भट्टसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री समक्ष सो सुझाव पेश गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली संघले पछिल्लो समय गरेको गतिविधि र विशेषत ज्ञान र सीपलाई नेपालमा भित्र्याउने कदम प्रशंसायोग्य भएको बताउनुभयो ।

सरकारले समृद्ध नेपालको परिकल्पना गरिरहेको अवस्थामा गैरआवासीय नेपाली संघले आर्थिक लगानी संगसंगै ज्ञान, सीप र प्रविधिको लगानी भित्र्याउन पहल गर्नुलाई सरकारले सकारात्मक रुपमा लिएको उहाँको भनाई थियो । नेपालमा नलेज बैंक स्थापना गर्ने सरकारको लक्ष्य रहेको भन्दै उहाँले अरु सम्पत्ति अस्थायी प्रकृतिको हुने तर ज्ञान सीप स्थायी प्रकृतिको हुने भएकाले ज्ञानको स्थानान्तरणमा सरकारले संघसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । यस्तै प्रधानमन्त्री ओलीले नेपालमा रहेको हिमाली श्रृंखलाले उपमहाद्विपको वातावरण सन्तुलनमा खेलेको भूमिकामा सतर्क गराउन आ–आफ्नो स्थानबाट सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघको पछिल्ला गतीविधीबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । उहाँले विज्ञ सम्मेलनको सारांश पेश गर्नु हुँदै संघले नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धि गर्ने जमर्कोका साथ विज्ञ सम्मेलन गरेको जानकारी गराउनुभयो । साथै उहाँले भिजिट नेपाल २०२०, विद्यार्थी भर्ना अभियान लगायत सरकारले लिएका कार्यक्रमहरु सफल पार्न संघ लागि पर्ने विश्वास दिलाउनुभयो ।

यस्तै संघका उपाध्यक्ष एवं सम्मेलनका संयोजक कुमार पन्तले अक्टोबरमा सम्पन्न विज्ञ सम्मेलनको पृष्ठभूमि लगायत सम्मेलन सम्पन्न गर्नका लागि गरेका सम्पूर्ण गतिविधीको बारेमा स्मरण गराउनुभएको थियो । यस्तै सम्मेलनका अर्का संयोजक डा. हेमराज शर्माले सम्मेलनको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । संघद्वारा गत अक्टोबरमा भएको विज्ञ सम्मेलनमा १ सय ६६ कार्यपत्र प्रस्तुत गरिएका थिए । १९ वटा सत्रमा सम्पन्न सम्मेलनमा २१ मुलुकका ५ सय भन्दा बढी प्रतिनिधि सहभागी थिए । फरक प्रसङ्गमा संघका पदाधिकारीहरुले संसदमा विचाराधिन रहेको गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विद्येयकलाई संघले राखेको सुझाव सहित पारित गरी कार्यन्वयनमा ल्याउन पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय, कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे, आइसीसी सल्लाकार तथा बिज्ञ सम्मेलनका संयोजक डा. हेमराज शर्मा, विज्ञ सम्मेलन समितिका सदस्य सचिब डा. हरि दाहाल, आइसीसी सदस्य रामशरण सिम्खडा, अनरेरी काउन्सिल सदस्य गोविन्द सुवेदी लगाएत विभिन्न मुलुकबाट आउनु भएका प्रतिनिधिहरुका साथै सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार पुस्तकालय हस्तान्तरण

साथै आझै गैर आवासीय नेपाली संघको सहयोगमा निर्मित पत्रकार पुस्तकालय तथा श्रोत केन्द्र नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरिएको छ।

फेस टु फेस बैठकको तयारी :

गैरआवासीय नेपाली संघ (एनआरएनए) को पूर्ण बैठक (फेस टु फेस) यहि शुक्रवार देखि काठमाण्डौंमा शुरु हुनेछ। बैठकमा भाग लिन संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्रि केसी, लगायतका पदाधिकारी काठमाण्डौं पुगिसकेका छन् । शंखमुल पार्क, एनआरएनए भवन, लार्रपाक, माइक्रो फाइनाइन्स्, उज्यालो नेपाल लगायतका पुरानै अजेण्डा माथि पुनः छलफल गर्ने एनआरएनएको तयारी रहेको छ । राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु पर्यवेक्षको रुपमा बैठकमा भाग लिन सक्ने छन।  

 

Exit mobile version