Site icon ParisNepal.com – Nepali News From France

सुनामीबाट सयौंको मृत्यु भएकोमा इन्डोनेसियाली समकक्षीलाई राष्ट्रपति भण्डारीको ‘बधाइ’ !

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेसियामा केही दिनअघि गएको सुनामीका लागि त्यहाँका राष्ट्रपतिलाई सन्देश पठाएकी छन्।

इन्डोनेसियामा शनिबार सुनामीका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको भन्दै त्यहाँका राष्ट्रपति जोको विडोडोलाई राष्ट्रपति भण्डारीले बधाई सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दुई अनुच्छेदको सन्देशको दोस्रो अनुच्छेदमा भने इन्डोनेसियमा ठूलो क्षति भएको भन्दै राष्ट्रपति भण्डारीले दुख व्यक्त गरेको उल्लेख छ।

राष्ट्रपतिको नाममा दिइएको सन्देशमै परराष्ट्र मन्त्रालयको यो तहको लापरबाही सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।

विज्ञप्तीमा भएको त्रुटीलाई सच्याइएको भनी गरिएको ट्वीटमा पुनः अर्को त्रुटी भएको छ । परराष्ट्रले गरेको उक्त ट्वीटमा ‘करेक्टेड’ हुनुपर्नेमा ‘किरेक्टेड’ शब्दको प्रयोग भएको थियो । त्यसको पनि सामाजिक सञ्जालमा आलोचना भएपछि परराष्ट्रले उक्त ट्वीटलाई हटाएर सच्याएको छ ।

मंगलबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले ट्वीट गरेको विषयमा समेत विज्ञप्ती मार्फत जानकारी गराइएको थियो । यसरी ट्वीट गरेका विषयमा समेत विज्ञप्ती निकाल्ने उच्च ओहदाका यस्ता कार्यालयले सामान्य विषयमा समेत ध्यान दिन नसकेको देखिएको छ ।

पररास्ट्र मन्त्रालयले फेरी सच्चाएर विज्ञप्ती पठाएको छ । तर  ४ लाइनको विज्ञप्तीमा पनि यति ठुलो गल्ति हुनु लापरवाही भनि संचारमाध्यममा आलोचना भइरहेको छ।

फेरी अर्को गल्ति

Exit mobile version