Site icon ParisNepal.com – Nepali News From France

रवि ओड बने दोस्रो ‘नेपाल आइडल’, विक्रम बराल फस्ट रनर्स अप

आइडल सिजन–२ मा रवि ओड दोस्रो नेपाल आइडल बनेका छन्। ललितपूरको पुलचोकमा भएको फिनालेमा टप चारबाट उनी विजेता घोषित भएका हुन्। उनीसँगै बिक्रम बराल फर्स्ट रनर्स अप भए, सुमित पाठक सेकेन्ड रनर्स अप र अस्मिता अधिकारी थर्ड रनर्स अप भइन  ।

सुदुरपश्चिमका रवि नेपाल आइडल आउनुअघि दोहोरी साँझमा गाउँथे। धनगढी अडिसनमा ‘जाउँला रेलैमा’मा गाएपछि उनले नेपाल आइडमा आफ्नो स्थान बनाएका थिए। रवि लोकदोहोरी, पप हिन्दी, पप सबै विधामा अगाडि देखिएका थिए।

रविले २२ लाख नगद रुपैयाँसहित ओप्पोको फोन र होन्डा डब्लु आरबी कार प्राप्त गरेका छन्।

फर्स्ट रनर्स अप बिक्रम बरालले गोल्डेन माइकका साथमा बीस लाख नगद रुपैयाँ प्राप्त गरे।

सेकेन्ड रनर्स अप झापाका सुमित पाठकले १२ लाख नगद रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

थर्ड रनर्स अप अस्मिता अधिकारी बनिन्। झापाकै उनी एकमात्र महिला फाइलनिस्ट थिइन्। उनलाई होन्डाको स्कुटर दिइयो।

 

Exit mobile version