Site icon ParisNepal.com – Nepali News From France

नेपाल लक्जम्बर्ग लोक कल्याणकारी संस्थाको बार्षिक उत्सव समारोह सम्पन्न, नया कार्यसमिति गठन

सेवा नै धर्महो भन्ने मुख्य नाराका साथ स्थापित नेपाल लक्जम्बर्ग लोक कल्याणकारी संस्थाले आफ्नो पाँचौं बार्षिकउत्सव समारोह यहि २५ नोभेम्बर २०१८ का दिन लक्जम्बर्गमा बिभिन्न संकृतिक कार्यक्रमहरु गर्दै सम्पन्न भएको छ । यस पटकको कार्यक्रममा चर्चित नेपाली कलाकारहरु सकुन्तला थापा र आर सी सापकोटाको बेजोड प्रस्तुति र साथमा स्थानीय कलाकारहरुको पनी प्रस्तुति थियो ।


कार्यक्रममा प्रमुख अतिथि एन आर एन ए अन्तरास्ट्रिय समन्वय परिषदका (ICC) सदस्य हरि बहादुर खत्री हुनुहुन्थ्यो भने बिशेष अतिथिहरुमा एन आर एन ए लक्जम्बर्गका अध्यक्ष नारायण गुरुङ, लोक गायिका सकुन्तला थापा र लोक गायक आर के सापकोटा हुनुहुन्थ्यो । कार्यक्रमको संचालन संस्थाका सचिव राजन सापकोटाले गर्नु भएको थियो।

कार्यक्रमकै क्रममा २०१८ – २०२० को लागि नया कार्यसमिति गठन भएको छ । नव गठित कार्यसमितिको अध्यक्षमा पुनः रमाकान्त सापकोटा, उपाध्यक्षमा युधा बहादुर थापा, सचिवमा पुनः राजन सापकोटा र कोषाध्यक्षमा खिमलाल पन्थी सर्वसम्मत हुनु भएको छ ।

संस्थाका अध्यक्ष रमाकान्त सापकोटाले कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने, उपस्थित हुदैं कार्यक्रमको शोभा बढाइदिनुहने सम्पूर्ण संघ संस्थाका पदाधिकारीहरु तथा लक्जम्बर्गबासी नेपालीहरूलाइ धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

Exit mobile version